जलपाइगढी: जिल्लाको धुपगढी सुपर मार्केटमा किसानहरूले भेंडी फालेर विरोध गरे। बजारमा भिण्डीको माग नहुँदा होलसेल व्यापारी पनि भेंडी किन्न आएका छैनन्। मङ्गलबार कृषकले बजारमा बेच्न ल्याइएको भिण्डी भरिएको झोला सडकमा फालेर विरोध गरेका छन्। किन्ने त टाढा, थोक बिक्रेता पनि मूल्य सोध्न नआएको किसानको गुनासो छ। कालीहाट, शालबारीलगायतका विभिन्न क्षेत्रबाट गाडी भाडामा लिएर भेंडी बजारमा ल्याए पनि भाडा असुल हुन सकेको छैन। त्यसैले किसानले क्विन्टल भिंडी सडकमा फाल्न बाध्य भएका छन्। धेरैले गाईलाई खुवाउने गरेको पनि देखियो। उत्पादन बिक्री नहुँदा किसानहरू रित्तो हात घर फर्किनु परेको छ। घटनाको खबर पाएलगत्तै धुपगढी थानाको पुलिस घटनास्थल पुगेको थियो। पुलिसले किसानहरूसँग कुरा गरी उनीहरूलाई शान्त गराउने प्रयास गरेको थियो।










