नारी शक्तिको कार्यकारी सचिव मारिया गोरेटी लेप्चा लगायत अन्य नेतृत्वहरूले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230612-WA0259.jpg

दार्जीलिङ: पंचायत चूनाव अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठूलो झटका लाग्यो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ३७ नम्बर समष्टि नारी शक्तिको कार्यकारी सचिव मारिया गोरेटी लेप्चाले हाम्रो पार्टीलाई समर्थन जनाएका छन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा को ३७ नम्बर समष्टि युवा शक्तिको उपाध्यक्ष डिमेन लेप्चा, त्यसरी नै ३७ नम्बर समष्टिको पूर्व कोअर्डिनेटर पेमा भोटियाँ, त्यसै गरी ३७ नम्बर समष्टि अन्तर्गत पर्ने सन्तुक ग्राम पंचायतको सिरिसे गाउँ, युङपुङ, रूबुद बुङ क्षेत्रका समर्थकहरूले हाम्रो पार्टीलाई समर्थन जनाएका छन। यी सवै समर्थकहरूलाई हाम्रो पार्टीको केन्द्रीय प्रबक्ता श्याम गौतमले न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिए। हाम्रो पार्टीमा सामेल भई सकेपछि मारिया गोरेटी लेप्चाले आफु राजनैतिक नेत्री हुन अघि एक समाज सेवी रहेको बताए। तिनले अझ भने आजसम्म मैले मेरो यस क्षेत्रलाई गर्नु पर्ने समाजिक सेवाको कार्यहरू गर्दै आई रहेको छ। यस समाजिक सेवा कार्यहरूको क्रममा मैले धेरै अभावको दिनहरू पनि देखेको छु तरै पनि मैले मेरो समाजिक कार्यलाई विराम दिने काम कहिले गरिन, समाजिक कार्यलाई आफ्नो जिम्मेदारी सम्झेर अघि बडी रहेको लेप्चाले बताए। अब बाकीको समाजिक कार्यहरू म हाम्रो पार्टीसंग जोडिएर गर्न चाहान्छु मारिया गोरेटी लेप्चाले भने। त्यसरी नै पेमा भोटियाँले अधि भने हाम्रो पार्टीले मात्र समाज, क्षेत्रको अनि जनताको राम्रो सेवा कार्य गर्न सक्छ भन्ने हामीले बुझेर नै हामीले हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको हौ तिनले भने। आफुहरूसंग कम्तिको पनि २० परिवार भन्दा धेरै समर्थकहरूले आज हाम्रो पार्टीलाई समर्थन जनाएको छौ भन्ने भोटियाँले बताए। यस भन्दा अधि हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा थियौ, त्यहाँ बसेर हामीले हेरयौ तर उनीहरूको मनमा समाज, जाति अनि क्षेत्रको निम्ति केही गर्छु एंव गरौ भन्ने रतिभर सोच नरहेको भोटियाँले बताए। स्मरण रहोस ३७ नम्बर समष्टिको नारी शक्तिको कार्यकारिणी सचिव मारिया गोरेटी लेप्चालाई जीटीएको चेयरम्यान अन्जुल चैहवानको बाहुलीद्वारा सम्मानित गरी सकेका हुन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement