राज्य चुनाउ आयोगद्वारा नामाङ्कन प्रक्रियाको लागि १४४ धारा जारी

ECI-Logo.png

सिलगढी: राज्य निर्वाचन आयोगले १४४ धारा लागू गरिदिएको छ। नामाङ्कन भर्नको लागि केन्द्रको १ किमीको परिधिमा धारा १४४ लागू गरिएको आदेश जारी गरेको छ। राज्य चुनाउ आयोगले हिज आइतबार राज्यको सबै जिल्लालाई यसबारे दिशा-निर्देश जारी गरेको छ। केवल एक जना व्यक्ति मात्र नामाङ्कन भर्नको लागि उम्मेदवारसित जान सक्नेछन्। यसको साथै बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म यो निर्देश लागू हुनेछ। नामाङ्कन प्रक्रियालाई शान्तिपूर्ण ढंगले सञ्चालन गर्नका लागि धारा १४४ जारी गरिएको चुनाउ आयोगले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement