भाजपा-तृणमूल समर्थकहरूमाझ कुचबिहारमा झमेला

Capture3-9.png

कुचबिहार: सत्तारूढ पार्टीका समर्थकहरूले भाजपाका उम्मेदवारहरूलाई नामाङ्कन पत्र भर्नमा बाधा पुऱ्याएको आरोप लगाएको घटनालाई लिएर सनसनी फैलिएको छ। घटनास्थलमा पुगेर पुलिसका जवानहरूले स्थितिलाई नियन्त्रणमा लिए। भाजपाले घुघुमारी क्षेत्रबाट रेली निकालेर बीडीओ कार्यालयमा नामाङ्कन पत्र भर्न गइरहेको समय तृणमूल काङ्ग्रेसले आज घुघुमारी चौपाटी क्षेत्रमा सडकमा विरोध प्रदर्शन शुरू गरेको भाजपाले आरोप लगाएको छ तथापि, नामाङ्कन पत्र भर्नबाट रोक्ने प्रयास गर्दा सृजना भएको परिस्थितिलाई पुलिसले नियन्त्रमा ल्याएको बताइएको छ तथापि, तृणमूल काङ्ग्रेसले आरोपलाई अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement