सिलगढी: वार्ड नम्बर १८ को खुदिराम कालोनीमा करिब एक वर्षअघि भएको आगलागीमा ३० घर पूर्णरुपमा जलेर नष्ट भएका थिए। त्यसबेला मेयरले ती सबै जलेका घरहरू पुनर्निर्माण गर्ने घोषणा गरेका थिए। निर्माणाधीन घरहरुको आज मेयर, वार्ड पार्षद सञ्चय शर्मा, ३ नम्बर वार्ड अध्यक्ष मिल्ली सिन्हा र नगरपालिकाका पदाधिकारीहरुले अवलोकन गरे।

करिब ८४ लाखको लागतमा ३० वटा घर निर्माणको काम लगभग सकिएको मेयरले जानकारी दिए।
								



								

															
                    



