एडवाडर्सको सहयोगमा लोवर नेजीमा खेल मैदानको निर्माण कार्य पूरा

IMG-20230612-WA0322.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको सहयोगमा लोवर नेजीमा भलिबल कोड उर्फ खेल मैदानको निर्माण कार्य पूरा भएको छ। यसै अवसरमा आज सो खेल मैदानको उदघाटनसंग संगै भलिबल प्रतियोगिताको शुभारम्भ पनि भएको छ। आजको उदघाटन समारोह अनि प्रथम दिनको खेलमा प्रमुख अतिथिको रूपमा सभासद प्रतीम सुब्बा विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्य अतिथिहरूमा नगरपार्षद गोपाल परियार,हाम्रो पार्टी महकुमा समितिको सहसचिव रेश्मा गुरूङ, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्दीय प्रमुख सल्लाकार राजु सुब्बा, जिग्मी शेर्पा त्यसरी नै पूल विजनबारी समष्टि हाम्रो पार्टी अध्यक्ष मोहन सुब्बा, हाम्रो पार्टी युवा एकाई कोषाध्यक्ष भीम सुब्बा आदि उपस्थित रहेका थिए।

स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो नीजि कोषबाट ग्रामिण क्षेत्रहरूमा सडकहरूको खनन कार्य, समाज घर, खेल मैदान, गरीव विद्यार्थीहरूको शिक्षाको खर्च, गरीव विमारीहरूको उपचारको खर्च, गरीव परिवारहरूलाई घर, आदि जस्ता समाजिक कार्यहरू गर्दै आई रहेका छन्। यति मात्र होइन हाम्रो आफ्नै क्षेत्रहरूबाट पनि प्रतिभाहरूको जन्मनु पर्छ भन्ने उनको सोच रहेको हुनाले गाउँहरूमा खेल मैदानहरूको निर्माण गर्दै आई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement