गेजिङ: मुख्यमन्त्री पीएस गोलेको मानेबुङ, देन्ताम र रिञ्चेन्पोङ समष्टिको ६ दिवसीय जनता भेट कार्यक्रम आज समाप्त भएको छ। मुख्यमन्त्रीले आज रिञ्चेन्पोङ समष्टि अन्तर्गत तीनवटा ग्राम पञ्चायत एकाई साम्दुङ शिरिबदम, देथाङ र परेङगाउँका झण्डै १३ सय जना जनताहरुलाई प्रत्यक्ष भेट गरे। यसको साथै मुख्यमन्त्रीको रिञ्चेन्पोङ समष्टिको तीनदिने जनता भेट कार्यक्रम पनि आज सकिएको छ। यसभन्दा अघि मुख्यमन्त्री गोलेले मानेबुङ देन्ताम समष्टिमा पनि तीन दिन जनतालाई समय दिएका थिए। आज मुख्यमन्त्रीले शिरिबदममा जनता भेट गर्न अघि शिरिबदम गुम्बामा पूजापाठ गरेर जनता भेट्ने कामको शुरुवात गरेको थिए। मुख्यमन्त्रीले ६ दिवसीय जनता भेट कार्यक्रम अवधि ग्रामीण क्षेत्रको होमस्ट्रेमा बास बसे। मुख्यमन्त्रीले राज्यमा होमस्ट्रेलाई प्रोत्साहन र प्रमोट गर्न आङ्गू पनि होमस्ट्रेमा बास बसेको उनको अभिव्यक्ति थियो। सरकारले हालै एक हजार वटा होमस्ट्रे अनुमोदन गरेको मुख्यमन्त्रीले जानकारी गराउँदै उक्त होमस्ट्रेहरु पारम्पारिक भोटिया, लेप्चा र नेपाली घरको ढॉंचामा निर्माण गरिने पनि बताए। मुख्यमन्त्रीले यस भ्रमणको समय जनता भेट सँगसँगै मार्तामको ढुङ्गे होमस्ट्रे, शिरिबदमको एीहरल होमस्ट्रे र याङसुम कोठी होमस्ट्रेमा बास बसेर होमस्ट्रेलाई प्रमोट गर्ने काम पनि गरेका थिए। मुख्यमन्त्रीले आज तीनवटा ब्लकका जनताले राखेका माग, दुखेसो र समस्याहरुलाई ध्यानपूर्वक सुनेर उनीहरूले राखेका आवश्यक मागहरु र समस्यालाई मुख्यमन्त्री कार्यलयले जॉंच गरेर जरुरत आवेदकहरुको काम सरकारले सम्बोधन गर्ने बताए। मुख्यमन्त्रीले वृद्ध आमा-बुबा र बिरामीहरुलाई भेटेर आर्थिक सहायता र अन्य सहयोगहरु पनि गरे। शिरिबदममा सम्पन्न जनता भेटघाट कार्यक्रममा मुख्यमन्त्रीको साथमा क्षेत्र विधायक केएस लेप्चा, मन्त्रीगण, विधायकगण, विभिन्न बोर्ड र संस्थानका सल्लाहकार अनि अध्यक्षगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, अतिरिक्त राजनीतिक सचिव, सोरेङ जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष, राज्यका विभागीय शीर्ष अधिकारीगण, सोरेङ जिल्लाका प्रशासनिक प्रमुख साथै जिल्लाका विभिन्न विभागीय अधिकारीगण, जिल्ला एवं ग्राम पञ्चायत, सत्तारुढ एसकेएम पार्टीका पदाधिकारीगण र गरीब जनकल्याण प्रकोष्ठका शीर्ष पदाधिकारीगणको उपस्थिति थियो। मुख्यमन्त्रीको ६ दिवसीय जनता भेट कार्यक्रममा सत्तारूढ एसकेएम पार्टीका भातृ संगठन गरीब जनकल्याण प्रकोष्ठले सयौं बिरामीहरुको स्वास्थ जॉंच गरि बिमार अनुसारको सहायता प्रदान पनि गरे। शिरिबदममा सम्पन्न जनता भेट कार्यक्रममा महाविद्यालय र विश्र्वविद्यालयमा अध्ययनरत मानेबुङ देन्ताम र रिञ्चेन्पोङ समष्टिका ७ जना गरीब विद्यार्थीहरुलाई मुख्यमन्त्रीले ल्यापटप पनि प्रदान गरे। यसरी नै मुख्यमन्त्रीले आज शिरिबदममा सोरेङ जिल्लाका चारजना भूमिहीन सुकुम्बासी गरीब परिवारलाई जमीनको पर्चा हस्तान्तरण गरे। मुख्यमन्त्रीको रिञ्चेन्पोङ समष्टिमा तीनदिने जनता भेट कार्यक्रममा कुल २० परिवारलाई पर्चा प्रदान गरियो भने ती गरीब परिवारको घर पनि मुख्यमन्त्री गरीब आवास योजना अन्तर्गत सरकारले नै निर्माण गरिदिने भएको छ।










