एसडीएफद्वारा राज्यव्यापी रूपमा ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रम पालन

गान्तोक। राज्यको विपक्षी एसडीएफ पार्टीले आज राज्यव्यापी रूपमा ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रम पालन गऱ्यो। एसडीएफ पार्टीले आफ्नो सरकारमा उक्त कार्यक्रम शुरूवात गरेको थियो भने फेरि यस कार्यक्रमको पालन शुरूवात गरेको छ। हालैमा सम्पन्न ३०औं सम्पूर्ण क्रान्ति दिवसको अवसरमा एसडीएफ अध्यक्ष चामलिङले उक्त कार्यक्रमको पालन शुरू गर्ने जानकारी दिएका थिए।

आज राजधानी छेउ बुलबुले लगायत राज्यका विभिन्न ठाउॅंहरूमा एसडीएफ कार्यकर्ताहरू विरुवाहरू लगाएर कार्यक्रम पालन गरे। बुलबलेमा आयोजित कार्यक्रममा एसडीएफ अध्यक्ष पनि उपस्थित रहेका थिए।

पत्रकारहरूसित कुराकानी गर्दै चामलिङले २००९ देखि टेन मिनट्स टू अर्थ पालन गर्न शुरू गरिएको बताए। उनले यो कार्यक्रम आज राज्यभरि नै पालन गरिएको बताउॅंदै यस कार्यक्रममा सहभागी बन्ने सबैलाई बधाई दिए। उनले यो कुनै राजनीतिक कार्यक्रम होइन, तर जीवन र जगतको रक्षा गर्ने एउटा सन्देश रहेको बताए। उनले भने, पर्यावरणभित्र जीवन र जगत बाचेको छ। पर्यावरणको संरक्षण र सुरक्षा नगरेसम्म जीवन र जगतको पनि सुरक्षा हुने छैन।

उनले कार्यक्रमलाई राजनीतिकरण गर्ने होइन, तर राजनीतिदेखि माथि उठेर जिउॅंदो जगतलाई कसरी जागाउन सक्छौ भन्ने सन्देश दिने प्रयास गरिएको बताए। उनले सिक्किमे जनताले यस कार्यक्रमलाई निरन्तरता दिनेछन् भन्ने आशा व्यक्त गर्दै विश्व समुदायले पनि यस कार्यक्रमलाई अंगीकार गर्नेछन् भन्ने विश्वास व्यक्त गरे। उनले पर्यावरण क्षतिका कारण ग्लोबल वार्मिङ बढिरहेको र यो विश्व मानव जाति बस्न नसक्ने भएको बताए। उनले तापक्रम बढेर गइरहेको र पानी पनि विषाक्त बनिरहेको छ भन्दै पर्यावरणलाई सन्तुलित गर्न अत्यन्त आवश्यक रहेको बताए। यस कारण पर्यावरणको संरक्षण आवश्यक रहेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *