गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीलाई ग्रामीणस्तरमा मजबुत बनाउने उद्देश्य र यसलाई टेवा पुऱ्याउनको निम्ति एसकेएम नारीशक्तिले आजदेखि घरदैलो अभियान शुरू गरेको छ। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिमा नारीशक्तिको पहिलो घरदैलो अभियान अन्तर्गत वार्डस्तरीय सभा सिङताङ खाम्दोङ निर्वाचन क्षेत्र अन्तर्गत चिसोपानी वार्डमा सम्पन्न भयो। उल्लेखनीय छ, आगामी २०२४ को विधानसभा चुनाउलाई ध्यानमा राख्दै अहिलेदेखि नै पार्टीलाई तृणमुलस्तरमा मजबुत बनाउने ध्येयले यस प्रकारको कार्यक्रम शुरू गरिएको हो।

यस अवसरमा नारीशक्तिकी राज्यस्तरीय सयोजिका गंगा प्रसाई, लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।









