युद्धवीर  हायर सेकेन्डरी स्कूलमा स्वास्थ सम्बन्धि  जनचेतना कार्यक्रम सम्पन्न 

00-1-Chhetriya-Samachar-2

सिलगढी: आज स्वास्थ सम्बन्धी जनचेतनामूलक कार्यक्रम हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानद्वारा गरियो।  स्कूलका उप प्रधान अध्यापक विशाल परियारसित एथलेटिक्स बारेमा सकारात्मक चर्चा गरिएको छ। युद्धवीर हायर सेकेन्डरी स्कूलले स्कूलका प्रतिभाशाली विद्यार्थीहरूलाई खेलकुदको क्षेत्रमा धेरै प्रोत्साहन गर्दै राज्य स्तरसम्म पठाएर पदक हासिल गरेर आएको बारेमा पनि चर्चा गरियो। 

बाह्रौं श्रेणीका विद्यार्थीहरूलाई शिक्षक सुरज राई र प्रेम मुखियाको उपस्थितिमा सुरेन प्रधानले स्वास्थ सम्बन्धी जानकारी गराएl रक्तदान गर्नुपर्ने आवश्यकता र यसबाट हुने फायदा बारेमा उनले बताएl एक स्वस्थ व्यक्तिले प्रत्येक तीन महिना पछि रक्तदान गर्नसक्ने र १७ वर्षदेखि माथि ६२ वर्षसम्मका मानिसहरूले रक्तदान गर्नसक्ने उनले बताएl प्रधान अध्यापक सञ्जय बराइलीले आउँदो शुक्रबार १६ जूनमा १.३० बजेदेखि रक्तदान शिविर आयोजना गर्ने तय भएको बताए।  उक्त दिन बाह्रौं श्रेणी उत्तीर्ण गरिसकेका विद्यार्थीहरूका निम्ति करियर काउन्सिलिङ पनि गरिनेछ । आजको कार्यक्रममा करियर काउन्सिलिङ गराउने दुईजना स्रोत व्यक्तित्व रिपन गौतम र अलि अन्सारी सुरेन प्रधानको साथमा सहभागी थिएl

About Author

Advertisement