मुख्यमन्त्रीले गरे फुन्सोग ग्याल्विङ गुम्बाको भ्रमण

IMG-20230612-WA0456.jpg

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गत ७ जूनदेखि निरन्तर पश्चिम जिल्लाको विभिन्न निर्वाचन क्षेत्रका जनतासँग भेट गर्दै आइरहेका छन्। यसै क्रममा उनले १० जूनदेखि रिञ्चेनपोङ निर्वाचन क्षेत्रसँग भेट गर्दै उनीहरूको समस्या साथै गुनासो सुन्ने क्रम जारी गरेको छ।

यसै क्रममा रिञ्चेनपोङको तीन दिवसीय भ्रमणको अन्तिम दिन मुख्यमन्त्री तामाङले फुन्सोग ग्याल्विङ गुम्बाको भ्रमण गर्दै त्यहाँका लामाहरूसँग अन्तक्रिया पनि गरे। यसरी नै उनले गुम्बामा राज्यबासीको निम्ति सुख र शान्तिको लागि पूजा अर्चना पनि गरेका छन्। आज अन्तिम दिन रिञ्चेनपोङका १२ सय भन्दा अधिक मानिसहरूसँग भेट गर्दै उनीहरूको समस्या र गुनासो सुने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement