खरसाङ: खरसाङको मार्शल आर्ट र फिटनेस एकेडेमीको निर्देशिका कल्पना क्षेत्रीको नेतृत्वमा ९२ सहभागी र ४ अधिकारीहरूको टोली दिल्ली पब्लिक स्कूल सिलगढीमा आयोजित ७औं उत्तर बंगाल र सिक्किम कराँते च्याम्पियनशीपमा भाग लिएका थिए। सेन्सी राहुल विश्वकर्मलाई माफाको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो र सेम्पाई प्रधुम क्षेत्री र सेम्पाई सुशील क्षेत्रीले रेफ्रीको भार निभाएका थिए।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा उत्तर बङ्गालका ६ जिल्ला दार्जिलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार, जलपाईगुडी र उत्तर दिनाजपुर गरी ६ सय ४५ जनाको सहभागिता रहेको थियो।सिक्किम राज्यको आधिकारिक टोली पनि सहभागी भएका थिए।

यो च्याम्पियनशीप हरेक वर्ष आयोजना हुने भए पनि यस पटकको ७औं संस्करणको च्याम्पियनसिपमा उत्तर बङ्गाल क्षेत्रका धेरै राम्रा र गुणस्तरीय फाइटरहरुको सहभागिता रहेको थियो। प्रतियोगिता दार्जिलिङ जिल्ला सेशिंनकाई शितो-र्यु कराते-डो संघद्वारा आयोजित र स्पोर्ट्स कराते-डो संघ दार्जिलिङद्वारा सञ्चालित भएको थियो जुन दार्जिलिङ जिल्ला कराँतेको राज्य निकाय, कराँते संघ अफ् बंगालबाट स्वीकृत निकाय हो। कार्यक्रमलाई सुचारु रुपमा सञ्चालन गर्न शिहान अनिल राई र सेन्सी सन्दीप प्रधानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यो वर्ष पनि मार्शल आर्ट र फिटनेस एकेडेमी खरसाङले २० स्वर्ण, ९ रजत र ३२ काँस्य पदकहरूसहित जम्मा ६१ पदकहरू जितेर च्याम्पियन्स ट्रफी जितेको छ। खरसाङको गोएथल्स मेमोरियल स्कूलका ९ र ज्ञानेश्वर मेमोरियल एकेडेमीका ७ खेलाडीहरुले पनि माफामार्फत् सहभागिता जनाएका थिए । च्याम्पियनशीपमा स्कूलका सहभागी विद्यार्थीहरुमध्ये गोएथलले १ स्वर्ण, १ रजत र २ काँस्य पदक तथा ज्ञानेश्वर मेमोरियल एकेडेमीले २ काँस्य पदक जितेका छन्।

टिम कुमितिमा माफी टोलीलाई सेन्सी राहुल विस्वकर्मले कप्तानको भार निभाएका थिए अनि तेस्रो स्थान हाँसिल गरेका थिए भनी जानकारी प्राप्त भएको छ।








