विद्यार्थीहरूलाई ल्यापटप वितरण
गान्तोक: रिञ्चेनपोङ निर्वाचन क्षेत्रमा जनता भेटको तेस्रो अर्थात अन्तिम दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आवश्यक विद्यार्थीहरूलाई ल्याप टप प्रदान गरे। विशेष गरेर विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न र अघि बढनको निम्ति ल्याप टपको आवश्यकतालाई ध्यानमा राख्दै वितरण गरेका हुन्। यस अवसरमा ५० जना विद्यार्थीहरूले छात्रावृत्तिको निम्ति मुख्यमन्त्री समक्ष आवेदन गरेका थिए,जुन मुख्यमन्त्रीले सहस्र स्वीकार गरेका छन्। आवशयक साथै गरिबी रेखामुनिका विद्यार्थीहरूलाई राज्य र राज्य बाहिर अध्ययनको निम्ति छात्रा वृत्ति प्रदान गरिने भएको छ। मुख्यमन्त्रीको यो पहलले अवश्य पनि राज्यको समग्र विकासमा योगदान पुग्ने साथै विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सपनाहरू पुरा गर्नमा सहयोग पुग्ने भएको छ। यस अवसरमा उनले उक्त निर्वाचन क्षेत्रका विद्यार्थीहरूसँग भेट गर्दै उनीहरूको पढाई बारेमा जानकारी हासिल गर्नको साथै उनीहरुको अध्ययन पूरा गर्न आफ्नो तर्फबाट सबै प्रकारको सहयोग गर्ने आश्वासन पनि दए। उनले पढाइलाई निरन्तरता दिँदै राज्यको उन्नतिमा योगदान पुऱ्याउन विद्यार्थीहरूलाई आग्रह गरे। आजको यस कार्यक्रम अन्तर्गत महाविद्यालयमा कम्प्यूटर साइन्स लिएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई ल्यापटप प्रदान गरे।










