दार्जीलिङ: पञ्चायत चुनावको लागि हाम्रो पार्टीले प्रार्थीहरूका घोषणा गरेका छन्। यय क्रममा दार्जिलिङको लेबोङ बदमताम समष्टि अन्तर्गत ग्राम पञ्चायत २ को वार्ड नम्बर ८ बाट हाम्रो पार्टीले दिपसन प्रधानलाई पार्टीको उम्मेद्वारको रूपमा घोषणा गरेको छ। हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिको अध्यक्ष पूरण तामाङ, समष्टि को-अर्डिनेटर साकाल देवानको बाहुलीद्वारा दिपसन प्रधानलाई पार्टीको लेटर प्याडमा पार्टी उम्मेद्वार चयन गरिएको पत्र सुम्पिएका छन्।

त्यसरी नै रामपूरिया फरेष्ट भिलेस वार्ड नम्बर १२ बाट प्रिया तामाङलाई हाम्रो पार्टीले पार्टी उम्मेद्वार घोषणा गरेको छ। हाम्रो पार्टीले उम्मेद्वारहरूलाई पार्टीको पत्र प्रदान गर्दै विजयको अग्रिम शुभकामना साथै बधाई दिएका छन्। त्यसरी नै हाम्रो पार्टीले तकदाह ग्लेनर्वण समष्टि अन्तर्गत लामा हट्टा ग्राम पञ्चायत वार्ड नम्बर १४ र १४ बाट ग्राम पञ्चायत उम्मेद्वार फुर्बा लकी भोटियालाई चयन गरेको छ भने पञ्चायत समितितो उम्मेद्वारत रूपमा फुर्बा लकान्द्री भोटियालाई चयन गरेको छ।

त्यसै गरी मानेडाँडा ग्राम पञ्चायत वार्ड नम्बर २ बाट रोशनी तामाङलाई चयन गरिएको छ। यी पार्टी उम्मेद्वारहरूलाई क्षेत्रीय सभासद एंव हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता सन्नी बम्जनले पार्टीद्वारा गरिएको चयन पत्र सुम्पिएका छन् भनी हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।









