राज्यपालले गरे यूपीएससी उतिर्ण दीपिका अग्रवालसँग भेट

IMG-20230612-WA0453.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज देशको सबै भन्दा प्रतिष्ठित यूपीएससी परीक्षामा उतिर्ण बनेकी दीपिका अग्रवालसँग शिष्टचार भेट गरे। उल्लेखनीय छ, केही दिन अघि यूपीएससी परीक्षाको रिजल्ट आएको थियो, जसमा सिक्किम राज्यबाट दीपिका अग्रवालले उतिर्ण गरेकी थिइन्। उनको यो सफलताप्रति राज्यबासीले नै खुशी प्रकट गरिरहेका छन्। हाल उनलाई राज्यको विभिन्न संघ संस्थाबाट सम्मान जनाउने कार्य पनि सम्पन्न भएको छ। भेटको क्रममा राज्यपालले दीपिका अग्रवाललाई यूपीएससी परीक्षामा उतिर्ण गरेकोमा बधाई दिँदै उनको मेहनत केवल सिक्किम राज्यका युवाहरूको निम्ति मात्र नभएर देशका सम्पूर्ण युवाहरूको निम्ति प्रेरणा बन्न सक्ने बताएका छन्।दीपिकाले राष्ट्र प्रथम भावना र अटुट कर्तव्यनिष्ठा बनेर देशको हितमा काम गर्दै देशको निम्ति योगदान पुऱ्याउने राज्यपालले विश्वास व्यक्त गरेका छन्। भेटको क्रममा अग्रवालकी आमा बाबा पनि साथमा रहेका थिए।

About Author

Advertisement