खरसाङ: जनहितमा खरसाड नगरपालिकाद्वारा डेगु प्रकोपदेखि जोगाई राख्न नगरवासीहरूमाझ सचेतनामूलक रैलीको आयोजना गरिएको छ। उक्त रैली आज खरसाङ शहरमा निकालिएको छ।

उक्त रैली खरसाडको रेलवे स्टेशनदेखि शुरु भएर खरसाङ शहर परिक्रमा गर्दै वर्ध्दमान रोड हुँदै अन्त्यमा रेलवे स्टेशन अघि आएर सचेतनामूलक कार्यक्रममा परिणत भएको थियो। जसमा आम नागरिकहरूमाझ डेंगु सचेतना विषयमा सम्बोधन गरिएको थियो।

यस क्रममा नगकपालिकाको एसआई रमेश सुब्बा, ईओ आरके दत्त, नगरपालिका स्वस्थ्य केन्द्रका डाक्टर, हेल्थ स्टाफ सपना गुरूङ, डिकी शेर्पा, राज राउत, फिल को-अर्डिनेटर सोनाम तामङ, अनुशा लामा एवं आशा कर्मीहरू, निर्मल साथी, निर्मल बन्धुहरूको उपस्थितिमा रैली सम्पन्न गरिएको थियो।

यस डेंगु सचेतना रैली र सचेतना कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।









