अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाको वार्षिक सभा अनि नयाँ कमिटी गठन

IMG-20230612-WA0416.jpg

खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाकाे वार्षिक सभा विमल दर्जीकाे अध्यक्षतामा सम्पन्न भयाे। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त कार्यक्रम बाबा साहेब भीमराव अम्बेडकरकाे तस्वीरमा माल्यार्पण साथै दीप प्रज्वलन गरेपछि शुरू गरिएको थियो। कार्यक्रममा स्व कमल रिजालकाे मृत्युमा दुःख प्रकट गर्दै आत्मा शान्तिको लागि एक मिनटकाे माैन धारण गरिएको छ। यसै सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाको पुरानाे कमिटिलाई विघटन गरी नयाँ कमिटि गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापतिको रूपमा अजय विश्वकर्म, उप सभापति श्याम शंकर र मिलन दर्जी, मूल सचिव प्रशान्त बराईली, सह सचिव रबीन गजमेर क सुमीरण बरदेवा, काेषाध्यक्षा अञ्जना गजमेर र सह कोषाध्यक्षा वीणा लावर, सल्लाहाकार मण्डलीमा विमल दर्जी, किशाेर लाेहार, बरुण रसाइली, रञ्जन रसाइली, हिरण लकान्द्री, युवराज सुनार र राजेन रसाइली चयन भएका छन्।

यस सभालाई सुकुमार बराईलीले सञ्चालन गरेका थिए। कार्यक्रममा किशाेर लाेहार, विमल दर्जी, हिरण लकान्द्री आदिले वक्तव्य राखेका थिए। सभामा नयाँ कमिटीका पदाधिकारीहरूलाई पुरानाे कमिटिका पदाधिकारीहरूले कार्यभार सुम्पन्दै शुभकामना दिएका थिए भनी तीनधारेबाट सुकुमार बराईलीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement