कालचिनीः अन्तर्राष्ट्रिय स्तरमा नै सोमबार बाल श्रम विरोधी दिवसको रुपमा पालन भईरहेको क्रममा डुवर्सको अलिपुरद्वार जिल्ला अन्तर्गत कालचिनीमा पनि जबला एक्सन रिसर्च आर्गनाइजेशनद्वारा प्रायः १८६ भन्दा बालक बालिकाहरूलाई समेटेर बाल श्रम विरोधी दिवस पालन गरिएको देखियो। जबला एक्सन रिसर्च आर्गनाइजेशनको प्रोग्राम कोर्डिनेटर ममता मित्तलले सोमबार स्कूले केटा केटीहरूलाई समेटेर कालचिनीमा साइकल ऱ्याली निकालिएको र बाल श्रम विरोधी नाराहरू साथै समाजलाई सचेत गराउने प्रयास गरीएको बताएकी छन्।
यसै अवसरमा सोमबार जबला एक्सन रिसर्च आर्गनाइजेशनले ६ जना बाल श्रमबाट उद्धार गरिएको बच्चाहरूलाई सम्वर्द्धना पनि प्रदान गरे। अर्कोतिर आज रुरल एड नामक स्वेच्छासेवी संस्थाले पनि दलसिंहपाड़ा र हाँसीमारामा बाल श्रम विरोधी दिवसबारे सचेतना कार्यक्रम सम्पन्न गरीएको बताईएको छ।










