रिलिफ फण्डको राशी बन्द चिया श्रमिकहरूमा वितरण गरिने अनितलाई अजयको आह्वान

IMG-20230612-WA0285.jpg

दार्जीलङ: जीटीए चेयरम्यान रिलिफ फण्डको राशी बन्द चिया बगानहरूमा वितरण गरी दिने हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले जीटीए चीफ अनित थापा समक्ष अपिल गरेको छ। गत कोरोना संक्रमणकालमा जीटीएले चिया श्रमिकहरूको आर्थिक अवस्थालाई ध्यानमा राख्दै जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गरेको थियो। जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गर्दा तत्कालिन जीटीए चेयरम्यान एंव बर्तमान जीटीए चीफ अनित थापाले संग्रह भएको राशीमा त्यति नै राशी थापेर चिया श्रमिकहरूलाई वितरण गर्ने बाचा गरेको थियो। जीटीए चेयरम्यान रिलिफ फण्डमा दुई करोड रूपियाँ भन्दा धेर राशी संग्रह भएको छ अनि यो कुरा जीटीएले नै विगत दिनमा सर्वजनिक गरी सकेको विषय हो। जीटीए चेयरम्यान रिलिफ फण्डमा संग्रह भएको राशी चिया श्रमिकहरूलाई वितरण गरिनु पर्ने मांग उठन थालेपछि जीटीए चीफ अनित थापाले उक्त राशीमा जीटीएले आफ्नो पक्षबाट राशी थपेर सिलगढी मा श्रमिक भवन बनाउँने घोषणा गरी सकेको छ तर आजसम्म सिलगढीमा श्रमिक भवन निर्माणको कुनै अतो पतो छैन।पहाडको चिया श्रमिकहरूको उपचार आदि जस्ता विषयहरूको निम्ति श्रमिक भवन निर्माण जरूरी छ भने सिलगढीको दार्जीलिङ मोड स्थित पयर्टन केन्द्र भवनलाई श्रमिक भवन बनाए राम्रो हुनेछ भन्ने सभासद एडवाडर्सले बताएका छन। पहाडको धेरै चिया बगानहरू अझ पनि बन्द अवस्थामा रहेको छ। बगान बन्द भएको हुनाले श्रमिक अनि श्रमिकहरूको परिवारहरूलाई हुनसम्मको समस्याहरू भई रहेको छ। हामीले हाम्रो पक्षबाट सक्दो सहयोग पुराउँदै आई रहेको भएता पनि हामीले गर्दै आएको सहयोग पर्याप्त नभएको अध्यक्ष एडवाडर्सले बताउँदै यस्तो कठिन अवस्थामा जीटीए चेयरम्यान रिलिफ फण्डमा संग्रह भएको राशी कमसेकम बन्द चिया श्रमिकहरूलाई वितरण गरि दिए धेरै राम्रो हुनेछ अनि श्रमिकहरूलाई पनि ठूलो राहत मिल्नेछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जीटीए चीफ अनित थापा समक्ष अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement