कुचबिहार: कुचबिहार मेडिकल कलेजमा प्रथम वर्षकी छात्राको झुण्डिएको मृतदेग भेटिएपछि पूरै क्षेत्रमा सनसनी फैलिएको छ। कुचबिहारको कोतवाली थानाको प्रहरीले स्निग्धा कुण्ड नामकी छात्राको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु गरेको छ। मेडिकल कलेज स्रोतका अनुसार आज बिहान मेडिकल कलेजका एक विद्यार्थीले अध्ययन कक्षको ढोका भित्रबाट ताला लगाएको देखेपछि मेडिकल कलेजका सुरक्षाकर्मीलाई खबर गरेका थिए। ढोका तोडेर फाँटमा झुण्डिएको अवस्थामा प्रथम वर्षका विद्यार्थीको मृतदेह देखेपछि तत्काल कलेज प्रशासनलाई खबर गरिएको थियो। कलेज प्रशासनले प्रहरीलाई खबर गरेपछि प्रहरीले मृतदेहलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको थियो। विद्यार्थीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। विद्यार्थी पूर्वी बर्दवानका बासिन्दा थिए।










