एमआईएसपी सम्बन्धमा एफपीएआईद्वारा पत्रकार सम्मेलन

08386662-874a-4bb4-9500-49c1dd4f2f68

कालचिनीः फेमिली प्लानिङ एसोसिएशन अफ इन्डिया कालचिनी शाखाले सोमबार राज्यको अलिपुरद्वार जिल्लामा मानवीय वातावरणमा आपतकालीन वा प्रकोपको समयमा (एसआईएसपी ) (न्यूनतम आधारभूत सेवा प्याकेज) यौन र प्रजनन स्वास्थ्य सेवाहरूमा विशेष ध्यान दिएर एक पत्रकार सम्मेलनको आयोजना गऱ्यो।
कुनै पनि संकट परिस्थितिमा यौन र प्रजनन स्वास्थ्य (एसआरएच) को लागि न्यूनतम् आधारभूत सेवा प्याकेज (एसआईएसपी ) मानवीय संकटको शुरुवातमा प्रभावित जनसंख्याको आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक, जीवन बचाउने गतिविधिहरूको एक श्रृंखला बताउँदै जीवन बचाउने सेक्सुअल रिप्रोडक्टिभ हेल्थ (एसआरएच) सेवाहरू प्रदान गर्नु अत्यावश्यक र यस सम्बन्धित रोग र मृत्युदर एक महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक स्वास्थ्य समस्या हो र मृत्यु, रोग र अशक्ततालाई रोक्न अनपेक्षित गर्भधारण, प्रसूति जटिलताहरू, यौन र लैङ्गिक-आधारित हिंसाका अन्य प्रकारहरू, एचआईभी संक्रमण, र प्रजनन विकारहरूको दायरासँग सम्बन्धित रहेकोले कालचिनी शाखाका तर्फबाट एफपीएआईका महाप्रबन्धक तुषार चक्रवर्तीले न्यूनतम प्राथमिक सेवा प्याकेज (एमआईएसपी) का ६ वटा उद्देश्य बारे बताए। सो पत्रकार सम्मेलनमा एफपीएआई कालचिनी शाखाको तर्फबाट छन्दा चक्रवर्तीले यौन र प्रजनन स्वास्थ्यको लागि न्यूनतम आधारभूत सेवा प्याकेज (एसआईएसपी ) एक महत्त्वपूर्ण जीवन बचाउने कार्यक्रम रहेको र प्रभावित जनसंख्याको एसआरएच आवश्यकताहरू सम्बोधन गर्न आवश्यक रहेको बताईन। सिभिल डिफेन्स र जिल्ला स्तरका विभिन्न स्वैच्छिक संस्थाहरू वा गैरसरकारी संस्थाहरूसँग अलिपुरद्वार जिल्लाका जनताका लागि आपतकालीन वा विपद्को घड़ीमा भविष्यमा त्यस्ता कामहरू गर्न छलफल गरेर क्षेत्रहरू जहाँ प्राकृतिक प्रकोपहरू जस्तै बाढ़, जलवायु परिवर्तन, सशस्त्र द्वन्द्व, राजनीतिक दमन, जटिल आपतकाल, महामारी, अनिकाल, प्राविधिक खतराहरूका सबै सम्भावित कारणहरूमा सेवाहरू प्रदान गर्न एफपीएआई तत्पर रहेको छन्दा चक्रवर्तीले बताइन्। तिनले हाम्रो समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा चर्चा र व्याख्या नगरिएको बताइन्।
यौन हिंसाको रोकथाम र पीडितहरूलाई सहयोग गर्नु एचआईभी र अन्य एसटीआई संक्रमणहरू कम गर्न र अत्यधिक मातृ र नवजात मृत्यु र बिरामीलाई रोक्नको लागि पूर्वतयारीमा आफूहरु तत्पर रहेको पनि एफपीएआईका प्रोग्राम कोर्डिनेटर छन्दा चक्रवर्तीले थप जनाएकी छन्। एफपीएआईको कालचिनी शाखाले वृहत रुपमा अलिपुरद्वार जिल्लाभरी नै एमआईएसपी सेवा पुऱ्याउन कुनै कसर नछोड़ेको कालचिनी शाखाका महाप्रबन्धक तुषार चक्रवर्तीले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement