चूनावी प्रचार प्रसार कार्यमा सहभागिता जनाउँने दिए वचन
दार्जीलिङ: गोर्खा संयुक्त गठबन्धनलाई नर्बुजी लामाले खुल्ला समर्थन जनाए।तकदाह ग्लेनवर्ण समष्टिको सभासद एंव हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता सन्नी बम्जनको अध्यक्षतामा एक महत्व पूर्ण सभा सम्पन्न भयो। यस सभामा पूर्व सभासद,राजनैतिकज्ञ एंव समाज सेवी नर्बुजी लामा विशेष रूपमा उपस्थित रहेको थियो। सभामा क्यान्सर रूपी भष्ट्रचारदेखि पहाड लाई बचाउँन पूर्व सभासद,राजनैतिकज्ञ एंव समाज सेवी नर्बुजी लामाले गोर्खा संयुक्त गठबन्धनलाई अन्तरात्मा देखि समर्थन जनाउँदै चूनावी प्रचार प्रसारमा ओर्लिने वचन दिए। शिक्षक नियुक्तिदेखि लिएर घर घर जल योजना,सडक निर्माण योजना आदि जस्ता जति पनि विकाशको कार्यहरू पहाडमा आएको छ ती सवैमा भ्रष्टाचार भएको छ। सोझो रूपमा भन्नु हो भने पहाडलाई भ्रष्टचार रूपी क्यान्सरले ग्रस्त बनाई सकेको छ। भष्ट्रचार रूपी क्यान्सरबाट पहाडलाई निको बनाउँन तृणमूल काग्रेस र तृणमूल काग्रेसको काखमा बसेका राजनैतिक दल छोडेर बाकी सवै राजनैतिक दलहरू, संध संस्थाहरू, समाजहरू एकबद्व भएका छन,जसलाई गोर्खा संयुक्त गठबन्धनको नाम दिएको छ। गोर्खा संयुक्त गठबन्धनले पहाडलाई भष्ट्रचार मुक्त बनाउँने संकल्प लिएको छ। गोर्खा संयुक्त गठबन्धनको कार्यलाई आत्मासात गर्ने बाचा गर्दै नर्बुजी लामाले चूनावी प्रसार प्रचारको कार्यमा पनि सहभागिता जनाउँने सभामा वचन दिएको छ।










