कोलकाताः पश्चिम बंगालमा हुन लागेको पञ्चायत चुनाउलाई लिएर मितिहरूको घोषणा भइसकेको छ। यसबीच विपक्षको तर्फबाट लगाइएको जनहित याचिकाहरूमा सुनवाई गर्दै कलकत्ता हाईकोर्टका मुख्य न्यायाधीश टीएस शिवगणनम र हिरणमय भट्टाचार्यको खण्डपीठले राज्य चुनाउ आयोगलाई सुझाउँ दिँदै पञ्चायत चुनाउ ०८ जुलाईको स्थानमा १४ जुलाईमा भएको भए बेस हुनेथियो भनेको छ।
कोर्टले नामांकनको मिति बढ़ाउने सुझाउ पनि दियो। मुख्य न्यायाधीशले यो पनि भने, यदि केन्द्रिय बलहरूको सुरक्षामा चुनाउ भएको भए धेरै नै राम्रो हुनेछ। कोर्टले भन्यो, प्रतिदिन नामांकनका लागि केवल आठ घण्टाको समय पाइएको छ, यो पर्याप्त होइन। मुख्य न्यायाधीशले भने, हनुमान जयन्तीको समय नै हामीले भनेका थियौं, मानिसहरूको मनोबल बढ़ाउनका लागि केन्द्रिय बलहरूको तैनाती गर्ने आवश्यकता थियो।
उसैगरी आज जब चुनाउको समय छ, राज्यका कम्तीमा १० जिल्ला अति संवेदनशील छन्, जहाँ केन्द्रिय बलहरूको तैनाती भएको भए राम्रो हुनेथियो। उनले उदाहरण दिँदै भने, पुलिसलाई कोलकातादेखि हुगली र हावड़ा पठाइयो अन्य ठाउँमा पुलिसकर्मीहरूको संख्या कम हुनेछ। यस बाहेक विपक्षले पुलिसमाथि विश्वास गर्न सकिरहेको छैन। सिविक भोलेन्टियरलाई चुनाउको काम खटाउन सकिन्दैन। यसैले केन्द्रिय बलहरूको तैनातीबारे विचार गरिनुपर्छ।
-हिस