कोलकाताः मतुआ समुदायको पवित्र श्री धाम मन्दिरमा हमला र सुरक्षा कर्मीहरूले जुत्ता लगाएर पस्ने मामिलामा विवाद बढ्दै गइरहेछ। मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीले सेनाको पोशाक लगाएको एक जवान जुत्ता लगाएर मन्दिरभित्र खड़ा रहेको फोटो साझा गरेका थिए र यो सीआईएसएफको जवान हो भनी दाबी गरेका थिए।
अभिषेकले ट्वीटरमा लेखे, ‘सीआईएसएफको साथ ठाकुरबाड़ी मन्दिरमा पसेको, जुत्ता लगाएर परिसरको अनादर गरेको र महिला भक्तहरूमाथि शारीरिक हमला गर्ने भाजपा सांसद शान्तनु ठाकुरको अपमानजनक कृत्यको म कड़ा निन्दा गर्दछु। उनले राजनीतिको नाममा ठाकुरबाड़ीको पवित्रताको अपमान गरेका छन्। शक्तिको लज्जास्पद प्रदर्शन’।
यद्यपि, भाजपाले अभिषेकको ट्वीटकै फोटोलाई जूम गरी साझा गऱ्यो, जसमा यूनिफार्म लगाएको जवान सीआईएसएफको नभएर राज्य पुलिसको ऱ्यापिड एक्शन फोर्स (ऱ्याफ) को हो। बंगाल भाजपाले ट्वीटरमा अभिषेकको ट्वीटको जवाफमा लेख्यो, ‘ममता सरकारले बंगालमा कुनैपनि ठाउँ हिंसामुक्त छोड़ेको छैन। ठाकुरबाड़ीमा श्रद्धालुहरूमाथि टीएमसीको गुण्डाहरूले हमला गरेका थिए। ती सीआईएसएफको जवान थिएनन्, ती पश्चिम बंगाल ऱ्याफका जवान थिए’। उल्लेख्य, आइतवार अभिषेक ब्यानर्जी मन्दिरमा पुगेपछि हंगामा भएको थियो।
-हिस