सन्त जोसेफ विद्यालयमा अभिभावकवर्गको वार्षिक सम्मेलन सम्पन्न

गान्तोक। रिनाक सन्त जोसेफ स्कूलको प्रेक्षागृहमा सिक्किम उच्च न्यायालयका अधिवक्ता रेभ. फादर डेविड योञ्जन राईको अध्यक्षतामा स्कूलका अभिभावकवर्गको सम्मेलन एवंम बार्षिक सभा सम्पन्न भयो। रेभ. फादर डेविड योञ्जन स्वयंम उपस्थित रहेको सम्मेलनमा अभिभावकवर्गलाई बिगत दुई वर्ष सङ्क्रमण कालदेखि शैक्षिक क्षेत्रमा विद्यार्थीहरूले झेल्नुपरेको समस्या समाधानका धेरै उपायहरू लगायत पोक्सो एन लगायत अन्य धेरै विषय सम्बन्धि कानुनी परामर्श, सर सल्लाह र बिस्तृत जानकारी गराइयो।

वार्षिक सभामा बिषेश गरी सन्त जोसेफ स्कूललाई बढोत्तर गरी एघाह्रौ र बार्हौं कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता बिषयमाथि छलफल गरियो। छलफलको निष्कर्ष स्वरूप सामूहिक निर्णय अनुसार बढोत्तरीको निम्ति तीन कोठे भवन निर्माण गरिनुपर्ने र उक्त भवनको निर्माण कार्य सम्पन्न गराउन आवश्यक आर्थिक सहयोगको निम्ति राज्यका मुख्यमन्त्री समक्ष बिन्तीपत्र चढ़ाउने बिषयमा सर्वसम्मति सहमत जनायो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *