सीमान्त क्षेत्रबाट बांग्लादेशी पक्राउ

00-1-Rajya-Samachar-2

दक्षिण दिनाजपुरः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको रायगंज सेक्टर अन्तर्गत बीएसएफको ६१औं बटालियनको बर्डर आउट पोस्ट बालूपाराका जवानहरूले एक बांग्लादेशी नागरिकलाई घुसपैठ गरिरहेको बेला पक्राउ गरेका छन्। पक्रा परेको बांग्लादेशी नागरिकको नाम आशित (१४) बताइएको छ।

बीएसएफबाट प्राप्त जानकारी अनुसार, बांग्लादेशी नागरिकलाई त्यस समय समाइयो, जब उसले अवैध रूपमा भारतदेखि बांग्लादेश सीमा नाघ्ने प्रयास गरिरहेको थियो। पक्रा परेको बांग्लादेशी नागरिकदेखि एउटा नकली आधार कार्ड उद्धार गरिएको छ। सोधपुछमा बांग्लादेशी नागरिकले आफू १३ महिनाअघि आईसीपी हिलीको बाटो बुलन्दशहर (उत्तर प्रदेश) गएको खुलासा गऱ्यो। जहाँ एक कप बनाउने कारखानामा मजदूरको काम गऱ्यो र अब १३ महिनापछि आफ्नो बाबू-आमासित भेट गर्न गइरहेको थियो। पक्रा परेको बांग्लादेशी नागरिकलाई अघिको कारबाहीको निम्ति हिली थानालाई सुम्पिएको छ।

-हिस

About Author

Advertisement