स्टेट टास्क फोर्सको खोपबारे सभा सम्पन्न

IMG-20220625-WA0158.jpg

गान्तोक। राज्यका स्वास्थ्य विभागका आयुक्त एवम सचिव डी. आनन्दनको अध्यक्षतामा स्टेट टास्क फोर्सको एक सभा खोपलाई लिएर सम्पन्न भयो। विश्व स्वास्थ्य संगठनको समन्वयमा आयोजना भएको उक्त बैठकमा विभिन्न विभागका अधिकारी, स्वास्थ्य विभागका अधिकारी र युनिसेफका एकजना अधिकारीको सहभागिता रहेको थियो।

विश्व स्वास्थ्य संगठनका एसएमओ, डा. सुभेन्दु रेले नियमित खोपबारे विस्तृतरूपमा अनलाइनको माध्यमद्वारा प्रस्तुत गरेका थिए। उनले खोपलाई लक्षित जनसङ्ख्यामा पुऱ्याउनका लागि हालसम्म गरिएको खोपको विस्तार कार्यको तथ्याङ्क र खोपलाई बढाउँदै लैजाने योजना रहेको बताए।

यसै क्रममा युनिसेफका डा रुचीले कोभिड-१९ खोप समीक्षा र सहायक सुपरिवेक्षण प्रस्तुत गरे। उनले “हर घर दस्तक” अभियानले बालबालिका र वृद्धवृद्धा समुहलाई उनीहरुको घरदैलोमा समेट्न कसरी मद्दत गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराए। स्टेट टास्क फोर्सका अध्यक्ष, डी. आनन्दनले खोपको लक्ष्यहरू प्राप्त गर्नको लागि एक सुदृढ नियमित प्रतिरक्षा प्रणाली र सेवाहरू महत्त्वपूर्ण रहेको जनाए। उनले अधिकतम लक्ष्य हासिल गर्न राज्यमा “हर घर दस्तक” दृष्टिकोण योजनासहितको सचेतना अभियानले लक्षित समूहको खोप प्रक्रियाको अनुगमन गर्न सहयोग पुग्ने बताए। प्रत्येक योग्य बालबालिकालाई खोप लगाउन सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *