पञ्चायत चुनावको लागि खरसाङबाट आज चारजना निर्दलीय प्रार्थीहरूले बुझाए नामांकन पत्र

IMG-20230612-WA0332.jpg

खरसाङ: आगामी पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने आज तेस्रो दिन खरसाङ खरसाङ खण्डको चारवटा ग्राम पञ्चायतहरूबाट चारजना निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। नामांकन पत्र बुझाउने समय गत ९ जूनदेखि नै शुरु भएको भए पनि ९ र १० जूनको दिन कसैले नामांकन पत्र बुझाएनन् भने आज तेस्रो दिन खरसाङ खण्डको चारवटा ग्राम पञ्चायतहरूबाट एक एकजना गरी जम्मा चारजनाले नामांकन पत्र बुझाएको खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासले जानकारी गराएका छन्। त्यसरी नै खरसाङ खण्डको चारवटा ग्राम पञ्चायतहरू क्रमैले पाण्डु ग्राम पञ्चायत, सन्त मेरिज ग्राम पञ्चायत तीन, घैयाबारी ग्राम पञ्चायत एक र घैयाबारी ग्राम पञ्चायत दुईबाट एक एकजनाले पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाएका छन् भनी जोइन्ट बीडीओ (संयुक्त खण्ड विकास अधिकारी) पेमा डोमा डुक्पाले जानकारी गराएकी छन्। लगभग २३ वर्षपछि पहाड़मा पञ्चायत चुनाव आगामी ८ जुलाईको दिन हुन गईरहेको छ भने यसको लागि गत ९ जूनदेखि नै नामांकन पत्र बुझाउने समय शुरु भएको थियो। तर पहिलो र दोस्रो दिन कसैले नामांकन पत्र नबुझाएको अनि आज तेस्रो दिन चारजना निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। पहाड़मा पञ्चायत चुनावलाई लिएर पहाड़का विभिन्न राजनैतिक पार्टीहरूले प्रार्थीहरू चयन गर्ने कार्य जारी राखेका छन् भने भोलि १२ जूनदेखि भने धेरैले नामांकन पत्र बुझाउने सम्भावना देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement