मन्त्री साम्दुप लेप्चाले गरे विद्यालय भवनको उदघाटन

IMG-20220625-WA0156.jpg

गान्तोक। उत्तर जिल्लाको सरकारी माध्यमिक विद्यालयको भवनको आज उदघाटन गरियो। यस अवसरमा अवकाश प्राप्त शिक्षकलाई विदाइ कार्यक्रम पनि आयोजना गरिएको थियो। विद्यालय सञ्चालन समितिद्वारा आयोजना गरिएको यस कार्यक्रममा अकाशप्राप्त शिक्षक एके कुण्डुलाई विदाइ गरियो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सर्वप्रथम विद्यालयले नयाँ भवन प्राप्त गरेकोमा विद्यालय परिवारलाई बधाई दिए। उनले वर्तमान सरकारले शिक्षाको क्षेत्रमा गरेको पूर्वधारको विकासबारे पनि विस्तृतरूपमा जानकारी गराए। हाल मंगन जिल्लामा विभिन्न प्रकारको विकासका कार्यहरू भइरहेको छ भने यहाँका मानिसहरूलाई विभिन्न क्षेत्रमा अघि बढाउने उद्देश्यले पहल शुरू गरेको पनि उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *