११ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले फाइनलमा स्थान बनायो। आइतवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा डीएसए-ले ग्लोबल एफसी, असमलाई सडन डेथमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि टाईब्रेकरमा पनि स्कोर ४-४-को बराबरीमा रहँदा सडन डेथ गराइयो। विजेता टीमका गोलकीपर कल्याण रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १५ जूनको दिन खेलिने दोस्रो सेमिफाइनल म्याचमा कालेबुङ पुलिस र शान्तिनगर यूनिक क्लब, हल्दीबारीबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ४.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ जूनमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।