फर्जी टेट परिक्षा गराउँनेहरूलाई हामी छोडने छैनौ: अजय एडवाडर्स

IMG-20230611-WA0323.jpg

दार्जीलिङ: फर्जी टेट परिक्षाको नाममा हाम्रो शिक्षित भाइ बहिनीहरूको भविष्यसंग खेलवाड गर्नेहरू लाई न्यायलयको काठधरमा उभिएर छोडने छौ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। आज यहाँको जीम खाना हलमा गोर्खा संयुक्त गठबन्धनको सभा बोलाएको थियो।सभापछि पत्रकार हरूलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गत बंगाल विधानसभा चूनावको क्रममा युवा भाइ बहिनीहरूको भोट हत्याउँन जीटीएको चैकीमा बस्नेहरूले फर्जी टेट परिक्षाको आयोजना गरेको थियो। फर्जी टेट परिक्षा आयोजना गर्न अधि एउटा कोठामा बैठक भएको थियो अनि उक्त बैठकमा विनय तामाङ दाजु स्वयम उपस्थित थिए यो कुरा विनय तामाङ दाजु स्वयमले सर्वजनिक गरेको हो। टेट परिक्षाको नाममा ४० हजार युवा भाइ बहिनीहरूको भविष्यसंग खेलवाड भएको छ,हाम्रा युवा भाइ बहिनीहरूको भविष्यसंग खेलवाड गर्नेहरूलाई हामी न्यायलयको काठाधरमा उभिएर छोडने छौ अध्यक्ष एडवाडर्सले भने। आज हामी एक भएका छौ यो हाम्रो एकबद्वता पहाडलाई भष्ट्रचार रूपी क्यान्सरबाट मुक्त गराउनु हो,यसमा हाम्रो कुनै ब्यक्तिगत स्वर्थ छैन अध्यक्ष एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement