लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा वृद्ध तुले तामाङको घरको निर्माण अनि विधिवत उदघाटन

IMG-20230611-WA0358.jpg

खरसाङ: खरसाङको लङ्भ्यू परिवर्तन मुभमेण्टका बाल सदसायहरूद्वारा निर्मित यहाँको वृद्ध तुले तामाङको घरको आज विधिवत् रूपमा स्वयम् तुले तामाङ अनि उनकी पत्नीको बाहुलीबाट रिबन काटेर गरियो। यस उद्‍घाटन समारोहलाई सञ्चालन गर्दै संस्थाकी प्रमुख सेमिका लामाले यस घर निर्माण गर्न सहयोग पुऱ्याउने सबैप्रति आभार प्रकट गरिन्। तिनले आज सबैको सहयोग र संस्थाका बाल सदस्यहरूको सतप्रयासले गर्दा यो घर निर्माण हुन सकेको बताउँदै अरूले पनि यस्तै सामाजिक सेवाका भावना लिएर सामाजिक हितको निम्ति कार्य गर्ने आग्रह गरिन।

लामाले सबैले यो घर निर्माण गरेर सुकार्य गरेको हुँदा घरको नाम नै सुकार्य निवास राखिएको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement