इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरमा छोराको हातबाट आमाको हत्या भएको सनसनीपूर्ण घटना बाहिर आएको छ। इस्लामपुर थानाको खबरगा इलाकामा भएको यो घटनापछि पूरै इलाकामा सनसनी फैलिएको छ। घटनाको जानकारी पाउनासाथ इस्लामपुर थानाको पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी इस्लामपुर विभागीय अस्पतालमा पठाएको थियो। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय बासिन्दा तथा युवा तृणमूल अध्यक्ष नूर आजमले प्रहरीले उचित अनुसन्धान गर्न माग गरेका छन्।










