इन्द्रकिल समाजद्वारा एपीएस राजालिम सम्मानित

IMG-20230611-WA0378.jpg

गान्तोक: मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको पदमा आसिन हुँदादेखि नै नाम्ची जिल्लावासीको हरेक समस्या समाधान गरिदिने पहल गर्दै आइरहेकी हाल नाम्ची जिल्लाका अध्यक्ष अञ्जिता राजालिमलाई आफूहरूको समस्या समाधान गरिदिएवापत आज समादको इन्द्रकिल समाजले सम्बर्द्धना जनाउने कार्य गऱ्यो। लगभग ३० परिवार आबद्ध रहेको यस समाजका अध्यक्ष श्याम छेत्री अनि सचिव आई. के. कार्कीको अगुवाईमा केही समयअघि समाजमा आवश्यक सामग्रीहरू नरहेको जिल्ला अध्यक्षसमक्ष गुनासो गर्दै सोबारे माग गरेका थिए। जिल्ला अध्यक्ष सुश्री राजालिमले तत्कालै जिल्ला कोषबाट उक्त समाजलाई आवश्यक सामग्री प्रदान गरेपछि उनीहरू खुशी बन्दै आज उनलाई समाजको पक्षबाट सम्बर्द्धना जनाउने कार्य भयो। यस अवधि सुश्री राजालिमलाई समाजको तर्फबाट स्मृति चिह्न, अंग वस्त्र प्रदान गरियो। आफ्नै टेरिटोरियल अन्तर्गत रहेको समाजबाट यसरी सम्मानित भएपछि खुशी प्रकट गर्दै भविष्यमा क्षेत्रवासीको हितमा थप कार्य गरिदिने जिल्ला अध्यक्ष राजालिमले वचन दिइन्। नाम्ची जिल्लाको ३० वटै जिल्ला टेरिटोरियलमा जिल्ला कोषबाट बराबरी धनराशि आवण्टन गरेपछि हाल जनहितका कार्यहरू युद्धस्तरमा भइरहेको उनले जानकारी गराइन्। सोही कोषबाट सदाम शुक्रबारे जिल्ला टेरिटोरियल अधीनस्थ सदाममा रहेको पुलिस आउट पोस्टमा सीसी क्यामेरा जड़ान गरिदिएको, रोमन क्याथोलिक चर्च २ लाख अनुदान दिइएको, सदाम तिरपाईमा जंगली जनावरको उपद्रो रोकथामहेतू फेन्सिङ लगाउने कार्यको निम्ति २ लाख आवण्टन गरेर कार्य शुरु गरिएको, अप्पर सुन्तलेका मान्छेहरूको माग अनुरूप १ लाख ८० हजारमा सीसी फूटपाथ निर्माण कार्य पूरा गरिएको, अप्पर सदाममा अवस्थित आईईसी चर्चमा २ लाख ८० हजारको लागतमा पाइखाना निर्माण कार्य आदि गरिएको राजालिमले जानकारी गराइन्। यी सबै राज्यको पाँचौं वित्तीय आयोग २०२२-२३ अनि केन्द्रको १५औं वित्तीय आयोग २०२२-२३ अन्तर्गतको कोषबाट निर्माण कार्यहरू भइरहेको उनले जानकारी गराइन्। अब राज्यको छैटौं वित्तीय आयोग २०२३-२४ अनि केन्द्रको १६औं वित्तीय आयोग २०२३-२४-मार्फत अझ विकासका कार्यहरू गरिने राजालिमले विचार पोखेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement