गान्तोक: एनइबी स्पोर्टस र एथलेटिक्स फेडरेशन अफ् इन्डियाको पहलमा मुम्बईमा आयोजित स्टेडियम रनमा राज्यका अमर सुब्बा दोस्रो स्थान ओगटन सफल बनेका छन्। सुब्बाले १२ घण्टामा ९८ किलोमिटर तय गर्दै दोस्रो स्थान हासिल गरेका हुन्। उल्लेखनीय छ, केही दिन अघि कालेबुङमा आयोजित अल्ट्रा म्याराथन दौडमा उनी प्रथम बनेका थिए। उनले त्यस बेला ८ घण्टा ४२ मिनटमा ९० किलोमिटरको दुरी पुर गरेका थिए। ५३ वर्षीय सुब्बा अहिले पनि देशको विभिन्न स्थानमा आयोजित म्याराथन दौड प्रतियोगितामा सहभागी बन्नको साथै पुरस्कार पनि जित्दै आइरहेका छन्। वर्तमान युवाहरूको निम्ति सुब्बा एक प्रेरणा बन्दै गइरहेका छन्।