खरसाङको सन्त अल्फन्सेस विद्यालयका ९१ सालको ब्याचका विद्यार्थी समूहद्वारा मेधावी विद्यार्थी सुयस शर्मालाई सम्वर्द्धना

IMG-20230611-WA0353.jpg

खरसाङ: खरसाङको सन्त अलफन्सस उच्चत्तर माध्यमिक विद्यालयका ९१ ब्याचका विद्यार्थीहरूको समूहद्वारा आज खरसाङको टोय ट्रेन क्याँफेमा एक कार्यक्रमको आयोजना गरी मेधावी विद्यार्थी सुयस शर्मालाई सम्वर्द्धना जनायो। पिता सोमन शर्मा अनि माता यशोदा शर्माका छोरा सुयस शर्माले कक्षा दशको परीक्षामा छयानब्बे प्रतिशत अनि बाह्रौं कक्षाको परीक्षामा ९४•६ प्रतिशत अङ्क ल्याएर परीक्षा पास गरे वापत आज तिनलाई ९१ ब्याचको पक्षबाट खदा लागाएर, बुके अनि सम्वर्द्धना पत्र, स्मृति चिन्ह प्रदान गरेर सम्वर्द्धना जनाइयो।

रूपेश रसाइलीले सञ्चालन गरेको समारोहमा मुख्य अतिथिको रूपमा सन्दीप विश्वकर्मा थिए भने विशिष्ट अतिथिको रूपमा हरि शर्मा अनि नवराज निरौला उपस्थित थिए। संस्थाका सचिव मन बहादुर घलेले स्वागत सम्बोधन राखेको कार्यक्रममा सम्वर्द्धित सुयस शर्मा, तिनका पिता सोमन शर्मा, मुख्य अतिथि सन्दीप विश्वकर्मा लगायत अन्यहरूले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement