बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे भारतीय जनता पार्टीमा सामेल

IMG-20230611-WA0340.jpg

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनी सिलगढी गएर दार्जिलिङको सांसद राजु विष्टको उपस्थितिमा भाजपामा सामेल भएका छन्। उनलाई दार्जिलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले खदार्पण गरेर भारतीय जनता पार्टीमा स्वागत जनाएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे भारतीय जनता पार्टीमा सामेल भएको समय भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, जिल्ला सचिव सोनाम लामा लगायत अन्यहरू उपस्थित रहेका थिए।

भाजपामा सामेल भएको विषयमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेसित फोनमा प्रश्न गर्दा उनले सांसद राजु विष्टले आगामी पञ्चायत चुनावमा भाजपालाई सहयोग गर्ने निवेदन गरेको साथै पहाड़का जनताले पाएको दु:खलाई हेरेर आफु भाजपामा सामेल भएको बताएका छन्।

एक प्रश्नको उत्तरमा पेम्बा रिम्पोर्छेले भने, क्षेत्रीय पार्टीले पहाड़को समस्या समाधान गर्न सकेनन् अनि जातिको लागि क्षेत्रीय पार्टीहरूले केही गर्न सकेनन्। जातिको अस्तित्व नै खतरामा परेको कारणले आफु राष्ट्रीय पार्टीमा सामेल भएको र भाजपाले जाति, धर्म र संस्कृतिको संरक्षण गर्ने बुझेर नै भाजपामा सामेल भएको छु।’ उनले आगामी पञ्चायत चुनावमा आफुले प्रतिद्वान्दिता नगर्ने तर दार्जिलिङ जिल्लाभरि भाजपाको लागि आफ्नो मान्छेहरू चुनावमा उठाउने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement