राज्यपालले गरे केन्द्रीय आर्य युवा परिषदका राष्ट्रीय अध्यक्षसँग भेट

गान्तोक। केन्द्रीय आर्य युवक परिषद दिल्लीका राष्ट्रीय अध्यक्ष अनिल आर्यले आज राज्यका राज्यपाल गंगा प्रसादसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपालले महर्षि दयानन्दजीको शिक्षाको प्रचार गर्न आवश्यक रहेको बताए। महर्षि दयान्दले समाजमा विभिन्न कुराको निम्ति सचेतना गराएको राज्यपालले भेटको क्रममा उल्लेख गरे। उनले देखाएको बाटोमा सबै जना हिँडनु पर्ने अर्थात अनुशरण गर्नु पर्ने समयको माग रहेको उनले अवगत गराए। आर्य समाजले सदैव जनहितमा कार्य गर्दै आइरहेको हुनाले उनको शिक्षा जन मानसमा पुऱ्याउनु पर्ने थप आग्रह गरे। राज्यपालले देशमा बढदो अलगाववाद प्रति चिन्ता व्यक्त गर्दै देशका युवाहरूमा राष्ट्रीयताको भावना ल्याउन पहल गरिनु पर्ने विषयमा जोर दिए। भारत एक युवाहरूको देश भएको कारण युवाहरूले देश सम्हालेको खण्डमा विकास गर्न सकिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *