गान्तोक: पश्चिम जिल्लाको भ्रमणको क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले निरन्तर जनताको गुनासो र समस्या सुन्ने क्रम जारी रहेको छ। जनताद्वारा राखिएको समस्या र गुनासो आफ्नो तर्फबाट हुन सक्ने काम गर्दै जनतालाई राहत दिँदै आइरहेका छन्। आज रिञ्चेनपोङ निर्वाचन क्षेत्रको दोस्रो दिनको भ्रमणको क्रममा उनले ल्याण्ड व्याङ्क स्किम अन्तर्गत मंगलबारियाका ७ जना गरिबी रेखुमुनिका परिवारालाई जमीनको पर्चा वितरण गरे। आज जमिनको पर्चा प्राप्त गर्नेहरूमा रिञ्चेनपोङ निर्वाचन क्षेत्र अन्तर्गत खानीसेरबुङ, सुलदुङ कामलिङ र टाकुथाङ छुजाचेन ग्राम पञ्चायत यूनिटका सामेल रहेका छन्। जमीनको पर्चा प्राप्त गर्ने सात जना गरिबीरेखा मुनिका हुन् भने उनीहरूलाई घर निर्माणको निम्ति सरकारको तर्फबाट ०.२५ एकर जमीन प्रदान गरियो।