शाह-शुभेन्दुको बैठकमा पञ्चायत चुनाउमा हिंसाको षड़यन्त्र रचियो- कुणाल घोष

00-1-Rajya-Samachar-1

कोलकाताः तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले राज्यका नेता प्रतिपक्ष शुभेन्दु अधिकारी र केन्द्रिय गृहमन्त्री अमित शाहको हालमा दिल्लीमा भएको बैठकमा बंगालको पञ्चायत चुनाउमा हिंसाको षड़यन्त्र रचिएको आशंका व्यक्त गरेका छन्। हालमा बंगालमा रामनवमीमा विभिन्न जिल्लाहरूमा हिंसा भएको थियो। तब पनि तृणमूलले हिंसाको पछाड़ी शुभेन्दु र शाहको गुप्त षड़यन्त्र रहेको आरोप लगायो। कुणालले दाबी गरे, रामनवमी ठीकअघि शुभेन्दु र केन्द्रिय गृहमन्त्रीको गुप्त भेट भएको थियो। यसैगरी गत साता पनि दुवैको बैठक भएको छ।

उनले शनिवार राति एक ट्वीटमा लेखे, कालक्रमलाई बुझ्नुहोस्। २७ मार्चमा संसदमा शाह-शुभेन्दूको भेट। २९ मार्चमा शुभेन्दुले श्यामबाजरको धरना मञ्चबाट धम्की दिएका थिए। ३० मार्चमा रामनवमीको अवसरमा राज्यका विभिन्न हिससाहरूमा हिंसा भड्कियो। ०४ अप्रेलमा रामनवमीको जूलूसमा बन्दूक लहराउने १९ वर्षीय युवक सुमित सावलाई पुलिसले पक्राउ गऱ्यो र आफू भाजपा कार्यकर्ता हो भनी उसले स्वीकार गऱ्यो। उनले थप लेखे, शुक्रवार केन्द्रिय गृहमन्त्री र शुभेन्दुको गोप्य भेट, राज्यको पञ्चायत चुनाउमा अशान्तिको संकेत हो। के हामी राजनीतिको खेलमा हिंसा र अशान्ति फैलाउनका लागि जिम्मेवार हौं ? त्यसपछि कुणालले चेताउनी दिँदै भने, हामी भाजपालाई सत्ताका लागि लोकतान्त्रिक व्यवस्थाको अवहेलना गर्न दिनेछैनौं।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement