अब जीटीए व्यवस्थामा रमाउनेहरुले दुई स्तरीय पञ्चायत चुनाव बहिष्कार गरेर देखाहोस्: निमा लामा
खरसाङ: आज गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सभा गोर्खा जन- पुस्तकालयमा पञ्चायत चुनावलाई मध्य नजर गर्दै सभा सम्पन्न भएको छ। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सभालाई सचिव युद्ध छेत्रीले अचालन गरेका थिए। सभा समष्टि कमिटी लगायत सम्पूर्ण भातृ संगठनका प्रतिनिधिहरुलाई लिएर बसेको बैठकमा पञ्चायत चुनावबारे समिक्षा अनि चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको निर्णयलाई स्वागत जनाउँदै गोरामुमोले पञ्चायत चुनावमा भाग लिने खरसाङ ब्राञ्च कमिटीले आधिकारिक रुपमा घोषणा गरेको छ। यसै क्रममा सभालाई सम्बोधन गर्दै प्रचार प्रसार सचिव भुपेन गुरुङले भने, २४३(एम) भनेको जाति , माटो अनि गोर्खा जातिको चाबी हो। आज दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा दुई स्तरीय चुनाव हुदैछ यो चुनाव दागोपापको ऐन अनुसार हुदैछ यहाँ बाट हामी बुझ्न सक्छौं कि सुवास घिसिङ सत्य हो भनेर। उनले विपक्षलाई चुनौती दिन्दै भने, जीटीएमा तीन स्तरीय चुनावको प्रवधान छ तर उनीहरुले तीन स्तरीय चुनाव गराउनु सकेन। दागोपापलाई उनीहरुले थुकेको थुक हो आज त्यही थुकलाई चाट्दैछ फेरि भन्दैछ हामीले पञ्चायत राज फर्काएर ल्यायौं तर उनीहरुले दुई स्तरीय पञ्चायत चुनावको विरोध गर्नु सकेन यदि सक्छौं भने बहिष्कार गरेर देखाउ भनी चुनौती समेत दिए।

गोरामुमो केन्द्रीय समिति सदस्य एंव तीनधारे सुकना समष्टिको सभापति जेबी गुरुङले आफ्नो वक्तब्य राख्दै भने, हामीले सोचेको सुरक्षा गरेर राखेको कुराको एक खुड्किला पार गरेका छौं। यो हाम्रो एउटा बिजयको अभियान हो र यसलाई हामीले पार गर्दै लानुपर्छ। यहिबाट नै हाम्रो मुद्दा पार लगाउनुपर्छ। हामी अब खुशी हुनुपर्छ। दुई स्तरीय चुनावलाई गोरामुमोलाई माथि पुर्याएका छन्। यदि तिमीले गोरामुमोलाई मन पराउँदैनौ भने आज कुन आधारमा दुई स्तरीय चुनावमा भाग लिदैछौं तिमीले आफ्नो नैतिकता गुमाएका छौं। आज तिमी तिम्रो नैतिकतामाथि बाँच्छौ भने तिमीले घोषणा गर्नु सक्नु पर्थ्यो गोरामुमो सही हो भनेर।’
अब हामी छात्ती पुकाएर चुनावमा जानुपर्छ। चुनावमा हार जीत हुन्छ तर हाम्रो मौखिक जीत भइसकेको छ भनी ब्राञ्च अध्यक्ष निमा लामाले भने, अर्काको बारी मिच्नु हुँदैन। हामीले जीटीए अंसवैधानिक ब्यवस्था हो भनेर जीटीए चुनाव बहिष्कार गरेका थियौं। अब जीटीए ब्यवस्थामा रमाउनेहरुले दुई स्तरीय चुनाव बहिष्कार गरेर देखाहोस्। अब बुद्धिजीवीहरुले पनि बुझ्दै होला सुवास घिसिङ के हो भनेर। केन्द्र सरकार, राज्य सरकार अनि चुनाव आयोगले पनि आज यो भूभाग २४३(एम) अन्तर्गत गोर्खाहरुको किपट हो भनेर मानी सकेको छ। तर सत्ताको लालचमा हुनेहरुले गोर्खाहरुको भाग्य बिगार्ने कार्य गरिरहेका छन्। यसकारण अब जनताले जवाफ दिने समय आएको छ भनी निमा लामाले बताएका छन्।