पञ्चायत चुनावलाई लिएरपहाड़का विपक्षी दलहरूको सभा

IMG-20230611-WA0324.jpg

भष्टचार विरूध्द युनाईटेड गोर्खा गठबन्धन गठन गरेर पञ्चायत चुनाव लड्ने घोषणा

दार्जिलिङ: आगामी पञ्चायत चुनावलाई ध्यानमा राखेर दार्जिलिङका भाजपा सांसद राजु विष्टको अगुवाईमा दार्जिलिङका विपक्षी राजनैतिक दलहरूका सभा आज दार्जिलिङको जिमखाना हलमा सम्पन्न भएको छ। भाजपाको गठबन्धन दलहरूलाई लिएर बसिएको उक्त सभामा आगामी पञ्चायत चुनावलाई ध्यानमा राखेर सबै विपक्षी दलहरूलाई लिएर युनाईटेड गोर्खा अलाइन्स गठन गरिएको छ। उक्त सभामा गोजमुमो अध्यक्ष बिमल गुरुङ, हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड, क्रामाकपाबाट आरबी राई र अरूण घतानी, गोरामुमोबाट ऋषि राई, गोरानिमोबाट दावा पाख्रिन, सुमिटो मोर्चाबाट विकास राई विशेष रूपमा उपस्थित रहेका थिए। उक्त सभामा पहाड़मा विपक्षी दलहरूका गठबन्धनले आगामी पञ्चायत चुनावमा गठबन्धन गरेर चुनाव लड्ने अनि विशेष गरी पहाड़मा भईरहेको भ्रष्टचारको विरोध गर्दै गठबन्धन भएर पञ्चायत चुनाव लड्ने घोषणा गरिएको छ।

उक्त सभापछि पत्रकार सम्मेलनलाआ सम्बोधन गर्दै दार्जिलिङका भाजपा सासंद राजु विष्टले आगामी पञ्चायत चुनाव पहाड़का विपक्षी दलहरू एकै मञ्चमा आएर चुनाव लड्ने निर्णय गरेको र यसको लागि युनाईटेड गोर्खा गठबन्धन गठन गरिएको जानकारी गराएका छन्। उनले पहाड़का सबै विपक्षी दलहरू गठबन्धनमा आएर एउटै दलको चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएका छन्। उनले पहाड़ना भईरहेको भष्टचार विरूद्ध सबै दलहरू एकै मञ्चमा आएर युनाईडेट गोर्खा गठबन्धनको मञ्चमा पञ्चायत चुनाव लड्ने भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement