के-लीगः कालेबुङ पुलिस च्याम्पियन

IMG-20230611-WA0320.jpg

११ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा कालेबुङ जिल्ला पुलिस च्याम्पियन भयो। स्थानीय मेला ग्राउण्डमा आइतवार खेलिएको फाइनल म्याचमा कालेबुङ पुलिसले जर्जियन फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अनिमेश गुरुङले पहिलो हाफको खेलमा दर्ता गरे। कालेबुङ पुलिसले यसअघि सेमिफाइनलमा हिमालश्री एथलेटिक क्लबलाई अनि जर्जियन एफसी-ले युनाइटेड ब्रदर्सलाई १-०-को समान अन्तरले पराजित गरेको थियो। के-लीगमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी रनर अप् हुने टीमलाई ट्रफीको साथमा ४५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। कालेबुङ पुलिसका अनिमेश गुरुङले प्लेयर अव् द म्याच र प्लेयर अव् द टुर्नामेण्टको खिताब जिते। युनाइटेड ब्रदर्सलाई कप्तान सोनम लेप्चाले सर्वाधिक गोलदाताको पुरस्कार जिते। हिमालश्री एथलेटिक क्लबका सचिन सुब्बाले सर्वश्रेष्ठ गोलकीपर अनि लाञ्चो लेप्चाले सर्वश्रेष्ठ उदीयमान खेलाड़ीको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement