भारतलाई २०९ रनले पराजित गरी अष्ट्रेलिया डब्ल्यूटीसी च्याम्पियन

IMG-20230611-WA0307.jpg

११ जूनः आईसीसी ट्रफी जित्ने भारतको सपना फेरि एकपल्ट भताभुंगै भयो। अष्ट्रेलियाले आइतवार भारतलाई २०९ रनले पराजित गरी आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) -को खिताब जित्यो। म्याचमा जीतको निम्ति अष्ट्रेलियाले भारतलाई ४४४ रनको कठिन लक्ष्य दिएको थियो। जवाफमा भारतीय टीम टेस्ट म्याचको पाँचौं तथा अन्तिम दिन २३४ रन बनाएर अलआउट भयो। यस जीतको साथै अष्ट्रेलिया आईसीसीको जम्मै ट्रफी जित्ने पहिलो टीम बन्यो। चौथो दिनको स्कोर ३ विकेटमा १६४ रनदेखि अघि खेल्दै लण्डनको द ओवल मैदानमा आज भारतको दोस्रो ईनिंग्स २३४ रनमा समाप्त भयो।

भारतको दोस्रो ईनिंग्समा विराट कोहलीले सर्वाधिक ४९ रन बनाए। यसबाहेक अजिंक्य रहाणेले ४६ र कप्तान रोहित शर्माले ४३ रनको योगदान दिए। चेतेश्वर पुजारा २७ र एस भरत २३ रन बनाएर आउट भए। अष्ट्रेलियालाई बलरहरूमा स्पिनर न्याथन लायनले सर्वाधिक ४ विकेट लिए। यसबाहेक स्कट बोल्याण्डले ३ र मिचेल स्टार्कले २ विकेट हासिल गरे। म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ४६९ रन बनाएको थियो।

जवाफमा भारतको पहिलो ईनिंग्स २९६ रनमा समाप्त भएको थियो। त्यसपछि अष्ट्रेलियाले २७० रन (८ विकेट) बनाएर दोस्रो ईनिंग्स घोषित गर्दा भारतलाई जीतको निम्ति ४४४ रनको लक्ष्य हासिल भएको थियो। अष्ट्रेलियाको पहिलो ईनिंग्समा १६३ रन बनाउने ट्रेविस हेडलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement