पर्यटकहरू र बर्ड वाचरहरूका गाइडका लागि महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीद्वारा रंगटङ्गमा कार्यालय उदघाटन

IMG-20230611-WA0313.jpg

खरसाङ: महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीद्वारा पर्यटकहरू र बोर्ड वाचरहरूका गाइडका लागि आज रंगटङ्गमा कार्यालय उदघाटन गरेका छन्। उक्त कार्यालयको उदघाटन मुख्य अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको छ। महानन्द वाइड लाइफ क्षेत्र अन्तर्गत पर्ने होम स्टे सञ्चालकहरू, बर्ड गाइडहरू, टुरिस्ट गाइड र पर्यटन क्षेत्रसित संलग्न रहेर कार्य गरिरहेका व्यक्तिहरूद्वारा सन् २०१७ मा स्थापित उक्त महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीको पञ्जीकरण कार्यपछि पर्यटकहरूका सहयोगको लागि एनएच ५५ अन्तर्गत रंगटङ्गमा कार्यालय उदघाटन गरिएको छ।

उक्त सोसाईटीले आफ्नो क्षेत्र रंगटङ्गदेखि पगलाझोड़ा – महानदीसम्म अनि रंगटङ्गदेखि लाचपञ्जारसमम्म रहेको छ। सोसाईटीको उप सभापति सीबी राईद्वारा सञ्चालन गरिएको उक्त उदघाटन कार्यक्रममा सोसाईटीको स्थापना र यसको मुख्य उद्देश्य विषयमा सोसाईटीको सभापति डीपी प्रधानले आफ्नो वक्तव्यमा बताएका थिए। उनले आफ्नो सम्बोधनमा यस क्षेत्रको होम स्टे सञ्चालकहरू, बर्ड गाइडहरू, गाड़ी चालकहरू, टूरिस्ट गाइडहरू जम्मा ४० भन्दा बेसी सदस्यहरू लिएर गठित भएको महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीले विभिन्न उद्देश्य राखेर सोसाईटी गठन गरेको जानकारी गराएका छन्। उनले भने, ‘यस सोसाईटीको मुख्य उद्देश्य यस क्षेत्रमा रहेका चरा चुरूङ्गीहरू, पर्यटकीय स्थलहरू, वन्य प्राणीहरू, पौधाहरू, खोला-नालाहरू, प्राकृतिक सम्पदाहरू संरक्षण गर्नुको साथै यस क्षेत्रमा पर्यटनबाट लिएर स्थानीयहरूका लागि रोजगारको अवसर सिर्जना गर्नु रहेको छ।’

यसै कार्यक्रममा सोसाईटीको कार्यालय क्षेत्रीय सभासद नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर उदघाटन गरिएको छ। उक्त उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको यस रंगटङ्ग क्षेत्रमा महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाइटीले यो कार्यालय उदघाटन गरेर राम्रो काम गरेको र सोसाईटीको हरेक कार्यमा आफ्नो साथ सदैव रहने बताए। उनले यस क्षेत्रमा पर्यटकीय विकासको लागि जीटीएको पर्यटन विभागसित कुराकानी गरेर आगामी दिनमा धेरै कार्यहरू गर्ने योजना रहेको बताएका छन्। यसरी सोसाइटीले यहाँ कार्यालय उदघाटन गरेर यस क्षेत्रमा आउने पर्यटकहरू र बर्ड वाचरहरूका लागि सुविधा हुने बताउँदै मधेशदेखि पहाड़ आउँदा सबैभन्दा पहिला रंगटङ्ग क्षेत्र पर्ने हुनाले साथै वर्तमानमा यस क्षेत्रमा निक्कै बेसी पर्यटकहरू आउने गरेको कारणले सोसाइटीले गरेको पहलले सकरात्मक र सफल हुने साथै सबैलाई फाइदा पुग्ने बताएका छन्। रंगटङ्गमा कार्यालय उदघाटन कार्यक्रममा महानन्द ईको टुरिज्म एण्ड कन्जरभेशन सोसाईटीको पदाधिकारीवर्ग, सदस्यहरू, सिपाहीधुरा चियाबारीको प्रबन्धक पक्ष, तीनधारे पुलिस आउट पोष्टको पुलिस अधिकारी, लगायत पर्यटन र बर्ड गाइडहरू, गाड़ी चालकहरू लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement