राष्ट्रिय राजमार्ग ३१ दंगापारामा बस र ट्रक ठोक्किँदा एकजना घाइते

605a119a-5d92-41e7-a9b3-79618bf68ad7

सिलगढी: राष्ट्रिय राजमार्ग ३१ ढंगापारामा बस र ट्रक ठोक्किएको छ। यस घटनामा एक जना घाइते भएका छन् । आज बिहान आँप बोकेको ट्रक मालदाबाट सिलगढी आउँदै गरेको बताइएको छ । त्यसपछि सडकमा एक्कासी बस रोकियो र ट्रकले बसको पछाडि ठोक्कियो । जसका कारण ट्रकका चालक घाइते भएका छन् । यो देखेपछि स्थानीयले तत्काल पुलिसलाई खबर गरेका थिए । सूचना पाएपछि विधाननगर पुलिस घटनास्थलमा पुगेको थियो । त्यसपछि पुलिसले गएर घाइतेलाई उद्धार गरी अस्पताल पुऱ्याए। पुलिसले दुर्घटनाग्रस्त ट्रकलाई बरामद गरी थानामा ल्याएको छ ।

About Author

Advertisement