लाब्दा विभागमा माध्यमिक अनि आईसीएसई टपरहरूलाई संवर्द्धना

MAN.jpg

मङ्पुः लाब्दा सिन्कोना बगान संवर्द्धना समितिले एउटा कार्यक्रमको आयोजना गरेर यसै वर्ष माध्यमिक अनि आईसीएसईमा प्रथम दर्जामा उतीर्ण हुने विद्यार्थीहरूलाई स्मृति चिन्ह प्रदान गरेर संवर्द्धना जनाइयो। लाब्दा सिन्कोना बगान ग्याङम्यान मदन राईको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई राजेश थापाले सञ्चालन गरेका थिए। लाब्दा विभागबाट प्रथम हुने विद्यार्थीहरू अनोशा गुरुङ, निशिका राई, अभिलाषा राई, ऋतु राई अनि सभ्यता तामाङलाई तिनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement