फ्रेञ्च ओपनःचार सालमा तेस्रोपल्ट च्याम्पियन भइन् इगा स्वियातेक

IMG-20230611-WA0155.jpg

११ जूनः विश्वकी नम्बर एक महिला टेनिस खेलाड़ी पोल्याण्डकी इगा स्वियातेकले फ्रेञ्च ओपनको खिताब जितिन्। यो उनको चार सालमा तेस्रो फ्रेञ्च ओपन खिताब हो। महिला एकलको फाइनलमा स्वियातेकले चेक गणराज्यकी खेलाड़ी क्यारोलिना मुचोवालाई ६-२, ५-७, ६-४-ले पराजित गरिन्। स्वियातेकले यसअघि गत वर्ष पनि फ्रेञ्च ओपनमा ट्रफी जितेकी थिइन्। यसरी उनी २००७ पछि रोलां ग्यारोमा खिताब बचाउने दोस्रो महिला खेलाड़ी बनिन्। त्यस समय बेल्जियमकी जस्टिन हेनिनले यस उपलब्धिलाई हासिल गरेकी थिइन्। यसको साथै स्वियातेक ओपन युगमा आफ्नो शुरुवाती चारैवटा ग्राण्ड स्ल्याम जित्ने तेस्रो महिला खेलाड़ी बनिन्। यसअघि मोनिका सेलेस र नाओमी ओसाकाले यस उपलब्धिलाई हासिल गरेकी थिइन्।

स्पेनका दिग्गज खेलाड़ी रफायल नडाललाई रातो माटोको बादशाह मानिन्छ। अहिले स्वियातेक पनि नडालको गोरेटोमा अग्रसर छिन्। नडाल १४ पल्ट फ्रेञ्च ओपनको फाइनलमा पुगेर प्रत्येकपल्ट च्याम्पियन बनेका छन्। स्वियातेक पनि तेस्रोपल्ट फाइनलमा पुगेर खिताब जितिन्। उनले यसअघि २०२२ र २०२०-मा पनि फाइनलमा पुगेर खिताब जितेकी थिइन्। समग्रमा २२ वर्षीय स्वियातेकको यो चौथो ग्राण्ड स्ल्याम खिताब हो। फ्रेञ्च ओपनमा च्याम्पियन बनेर उनलाई २०.६ करोड़ रुपियाँको पुरस्कार राशि हासिल भयो। क्ले कोर्टमा यो उनको सातौं खिताब हो। फ्रेञ्च ओपनमा उनको जीत प्रतिशत ९३ रहेको छ। यहाँ उनले ३० वटा म्याच खेलेर २८ वटा जितेकी छन्। स्वियातेकले टुर्नामेण्टमा पहिलोपल्ट कुनै सेट गुमाइन्। फाइनलमा हारको सम्मुखीन भए पनि मुचोवाको निम्ति यो टुर्नामेण्ट कुनै सपनाभन्दा कम्ती रहेन।

गैरवरीयता प्राप्त मुचोवाले फाइनलसम्मको गोरेटोमा ६ वटा म्याचमा दुईवटा वरीयता प्राप्त खेलाड़ीहरूलाई पराजित गरिन्। सेमिफाइनलमा उनले दोस्रो वरीयता प्राप्त आर्यना सबालेंकालाई पराजित गरेकी थिइन्। यसको साथै उनी टुर्नामेण्टमा स्वियातेकलाई कुनै सेटमा पराजित गर्ने पहिलो खेलाड़ी पनि बनिन्। उनी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको फाइनलमा पुगेकी थिइन्। मुचोवालाई उपविजेताको रूपमा १०.२ करोड़ रुपियाँको पुरस्कार राशि प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement