गान्तोक: यहाँको पाल्जोर स्टेडियममा आज अन्तर्राष्ट्रिय योग दिवस २०२३को उल्टी गन्ती कार्यक्रम आयोजना गरिएको थियो जसमा योगसित सम्बन्धित विभिन्न गतिविधि सम्पन्न गरियो। कार्यक्रमको आयोजना मोरारजी देसाई राष्ट्रीय संस्थानको मार्गदर्शनमा आसामको गुवाहाटी आधरित एउटा गैर सरकारी सङ्गठन योगेश्वर संस्थानले गरेको थियो। कार्यक्रममा करिब ४ सय वद्यार्थी साथै अन्यहरूले भाग लिएका थिए। उल्लेखनीय छ, २१ जूनको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा पालन गरिन्छ।
आजको कार्यक्रम आयोजना गर्नुको उद्देश्य अन्तर्राष्ट्रिय योग दिवसको महत्व बारे जनचेतना जगाउनु साथै सर्वसाधरण, विशेष गरेर विद्यार्थी र युवाहरूलाई योगको लाभ बारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा सिक्किम सरकारको शिक्षा विभागकी संयुक्त निर्देशक श्रीमती सीडी डेञ्जोङ्गपा मुख्य अतिथि रहेकी थिइन् भने प्रसिद्ध योग विशेषज्ञ दिव्या ज्योती डेकाले उपस्थितजनलाई योग अभ्यास गराएकी थिइन्।