अलिपुरद्वार: महाराष्ट्रको नागपुर घर भएका युवक सप्निल मोरे गत वर्ष नोभेम्बर २०२२ देखि हातमा देशको राष्ट्रिय झण्डा तिरंगा लिएर भारत यात्रा गर्न हिडिरहेका छन्l आवाश्यक सामानहरू भएको एउटा झोला बोकेर उनी भारत यात्रा गरिरहेका छन्l उनले पैदल यात्राद्वारा देशका १० वटा राज्यहरू भ्रमण गरिसकेका छन्l मानव शरीरलाई स्वस्थ राख्न साथै वातावरणलाई स्वच्छ राख्न देशका सर्वसाधारणलाई उनले यस पैदल यात्राबाट आह्वान गरिरहेका छन्l उनको यस समय सापेक्ष जनचेतनामूलक पैदल यात्रालाई सबैले प्रशंसा गरेका छन्l शनिबार उनी अलिपुरद्वार जिल्लाको फलकाटामा आइपुगेl
